मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै « Khabarhub

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट अहिलेसम्म मानवीय तथा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त नभए पनि केही पहाडी क्षेत्रमा पहिरो गएको र चट्टान खसेको खबर छ ।

पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार बिहान ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जमिनको १२९ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का राजधानी लिमा, हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा निगरानी जारी राखेको जनाएको छ । भूकम्पपछि स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएका तस्बिर सार्वजनिक भएका छन् ।

पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले भूकम्पको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताएका छन् । उनका अनुसार पहाडी क्षेत्रमा पहिरो गएको र चट्टान खसेको छ ।

पेरु भूकम्पीय जोखिम उच्च रहेको प्रशान्त महासागरीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । भूकम्पविद्हरूका अनुसार पेरुमा हरेक वर्ष कम्तीमा ४०० भूकम्प जाने गरेका छन् ।

यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पमा ५२ घर पूर्ण रूपमा ध्वस्त भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १० : ३६ बजे

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

 काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै

एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

सुनसरी– सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुर– भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका

अस्वीकृति र अपमान चिर्दै बलिउडमा उदाएकी विद्या

बलिउडमा कुनै समय यस्तो थियो, जहाँ अभिनेत्रीको अभिनय क्षमताभन्दा उनको