भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया « Khabarhub

भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् ।

भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।

राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् ।

सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।

भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधि थिए।

उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तु समेटिएको थियो।

उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए।

प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५१ बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू