निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे « Khabarhub

निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए । उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।’

चितवन पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्लाको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए ।

पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रूपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, कृष्ण खनाल र ईश्वर सापकोटा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठक, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका टीकादत्त इटानी, खैरहनी नगरपालिका–८ का वडाध्यक्ष शङ्कर कँडेललगायतले मेला र महोत्सवबाट जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।

उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा सुरु भएको सो महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा दुई सय २५ कक्ष रहेका महोत्सव मूल समारोह समितिका संयोजक कुमार खनालले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ