सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन « Khabarhub

सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि साडमा निर्माण गरिएको रेलवे स्टेशनसँग जोडिएको पुल ढलेको छ । जसका कारण स्थानीय नागरिक र विद्यार्थीहरूले जवाफदेहिताको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

नोभेम्बर १ मा भएको यो दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। घटनापछि ६ हप्ताभन्दा बढी समयदेखि प्रदर्शनकारीहरूले सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुकिकको प्रशासनविरुद्ध सडकमा उत्रिएर भ्रष्टाचार र लापरवाहीको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले बेइजिङका चिनियाँ ठेकेदारहरूसँगको कारोबारमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, परियोजनाको गुणस्तरमा लापरवाही र ठेकेदारहरूलाई अनियमित ढंगले ठेक्का दिइएको कारण दुर्घटना भएको हो।

प्रदर्शनकारीहरूले दोषीलाई कारबाही र पीडितका परिवारलाई न्यायको सुनिश्चितताको माग गरेका छन्। उनीहरूले पुल निर्माणमा संलग्न सबै पक्षमाथि स्वतन्त्र अनुसन्धान हुनुपर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

यो घटना बीआरआई परियोजनाहरूको पारदर्शिता र विश्वसनीयतामाथि पुनः प्रश्न खडा गर्दै, स्थानीयस्तरमा तीव्र असन्तोष फैलाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ०९ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको