दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध | Khabarhub Khabarhub

दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला – जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै पालिकाको केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।

सर्केगाड–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आएका गेटबहादुर थापाले बताए । उनले भने, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्तसँग कुरा गर्न पाएको छैन । सर्केगाडसहित आसपासका सेवाग्राही पनि प्रभावित बनेका छन् ।”

टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका स्थानीय छवि थापाले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा सर्केगाड–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही सञ्चार सम्पर्कबाट बञ्चित भएका उनले जानकारी दिए ।

अवरुद्ध भएको टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका भन्दै फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या भएको थापाले उल्लेख गरे ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : २० बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल