एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ? « Khabarhub

एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ?


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

शतप्रतिशत दिन्छौँः दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शत्प्रतिशत योगदान दिने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे । “त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भने ।

कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे। “सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उनले भने, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शत्प्रतिशत दिनेछौँ ।”

राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले भने, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”

कप्तान शेखले भने, “भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ३५ बजे

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को