दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण « Khabarhub

दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुकमा चिनियाँ गिरोहले संदिग्ध रुपमा ठूलो स्तरमा साइबर आक्रमण गर्दै आएको खुलासा भएको छ । सिमान्टेक थ्रेट हन्टर ग्रुप नामक समूहले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा आधारित रहेका साइबर गिरोहले दक्षिणपूर्वी एशियाली मुलुकमा रहेका प्रतिष्ठित संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् ।

उक्त प्रतिवेदनका अनुसार यस्ता समूहले मुख्यगरी सरकारी संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् । त्यसबाहेक संवेदनशील पूर्वाधार र टेलिकम, रक्षा ऊर्जाजस्ता महत्वपूर्ण औद्योगिक क्षेत्र पनि गिरोहको निशानामा पर्ने गरेका छन् ।

खासगरी सूचना चोरी गर्ने नियतले यस्ता साइबर आक्रमण हुने गरेको सिमान्टेकले जनाएको छ । यस्ता महत्वपूर्ण क्षेत्रका सूचना रणनीतिक रुपमा निकै संवेदनशील हुने भएकाले पनि साइबर आक्रमणको निशानामा पर्ने गरेको जनाइएको छ ।

‘अर्थ बाकु’ नाम गरेको साइबर अपराधिक गिरोहले यसअघि हिन्द प्रशान्त क्षेत्रमा मात्रै आफ्ना आक्रमणलाई केन्द्रित गर्दै आएकोमा हाल भने त्यसले युरोप, मध्यपूर्व र अफ्रिकामा पनि आफ्नो गतिविधि विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिमान्टेकका अनुसार यस गिरोहले रक्सासा नामक प्राविधिक उपकरणको प्रयोग गरी आफ्ना आपराधिक गतिविधि गर्दै आएको छ । यो उपकरणमा चिनियाँ प्रविधि भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : २३ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला