दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण « Khabarhub

दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुकमा चिनियाँ गिरोहले संदिग्ध रुपमा ठूलो स्तरमा साइबर आक्रमण गर्दै आएको खुलासा भएको छ । सिमान्टेक थ्रेट हन्टर ग्रुप नामक समूहले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा आधारित रहेका साइबर गिरोहले दक्षिणपूर्वी एशियाली मुलुकमा रहेका प्रतिष्ठित संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् ।

उक्त प्रतिवेदनका अनुसार यस्ता समूहले मुख्यगरी सरकारी संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् । त्यसबाहेक संवेदनशील पूर्वाधार र टेलिकम, रक्षा ऊर्जाजस्ता महत्वपूर्ण औद्योगिक क्षेत्र पनि गिरोहको निशानामा पर्ने गरेका छन् ।

खासगरी सूचना चोरी गर्ने नियतले यस्ता साइबर आक्रमण हुने गरेको सिमान्टेकले जनाएको छ । यस्ता महत्वपूर्ण क्षेत्रका सूचना रणनीतिक रुपमा निकै संवेदनशील हुने भएकाले पनि साइबर आक्रमणको निशानामा पर्ने गरेको जनाइएको छ ।

‘अर्थ बाकु’ नाम गरेको साइबर अपराधिक गिरोहले यसअघि हिन्द प्रशान्त क्षेत्रमा मात्रै आफ्ना आक्रमणलाई केन्द्रित गर्दै आएकोमा हाल भने त्यसले युरोप, मध्यपूर्व र अफ्रिकामा पनि आफ्नो गतिविधि विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिमान्टेकका अनुसार यस गिरोहले रक्सासा नामक प्राविधिक उपकरणको प्रयोग गरी आफ्ना आपराधिक गतिविधि गर्दै आएको छ । यो उपकरणमा चिनियाँ प्रविधि भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : २३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको