पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै « Khabarhub

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको सङ्घीय मन्त्रिपरिषद्को बैठकले १५ शय्याको सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ शय्याको पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिए ।

‘पर्साको पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० शय्यामा प्रदेश अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ’, मन्त्री पौडेलले भने ।

उनले पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यसमा सघाउने सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ११ : ३७ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६