नौमती बाजा बजाउन सिक्दै महिला | Khabarhub Khabarhub

नौमती बाजा बजाउन सिक्दै महिला


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको रोङ गाउँपालिकाले महिलालाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।

यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ’, अध्यक्ष स्याङ्बोले भने, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।’

सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा कुरा काट्नेले हाल प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन् । ‘ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छाडेका छैनौँ’, उनले भनिन् ।

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाको रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ ।

विगतमा नौमती छुइन्छ की भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रुपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए । उनले भने, ‘यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।’

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा जारी तालिम यही पुस १३ गतेसम्म चल्नेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न तालिम सञ्चालन गरिएको शाखा प्रमुख राधिका तामाङ्गले बताइन् ।

उनका अनुसार तालिमको सहजिकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले गरेका छन् ।

नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहने प्रशिक्षक आचार्यले बताइन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ५८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा