नौमती बाजा बजाउन सिक्दै महिला « Khabarhub

नौमती बाजा बजाउन सिक्दै महिला


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको रोङ गाउँपालिकाले महिलालाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।

यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ’, अध्यक्ष स्याङ्बोले भने, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।’

सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा कुरा काट्नेले हाल प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन् । ‘ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छाडेका छैनौँ’, उनले भनिन् ।

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाको रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ ।

विगतमा नौमती छुइन्छ की भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रुपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए । उनले भने, ‘यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।’

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा जारी तालिम यही पुस १३ गतेसम्म चल्नेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न तालिम सञ्चालन गरिएको शाखा प्रमुख राधिका तामाङ्गले बताइन् ।

उनका अनुसार तालिमको सहजिकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले गरेका छन् ।

नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहने प्रशिक्षक आचार्यले बताइन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ५८ बजे

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन