विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार « Khabarhub

विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विश्व बैंकसँग सवा १७ अर्ब रुपैयाँ बराबर ऋण काढेर प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रम शुरू गरेको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज (बिहीबार) प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको प्रथम चरण कार्यान्वयन उद्घाटन गरेका हुन्‌ ।

विश्व बैंकले यो कार्यक्रमका लागि नेपाललाई १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड २० लाख रुपैयाँ) ऋण दिएको छ ।

कार्यक्रम अन्तर्गत प्रदेश र स्थानीय स्तरमा सडक पहुँच विस्तार गर्ने, सडकको प्रभावकारिता विस्तार गर्ने, सडकलाई प्रतिरोधी र सुरक्षित बनाउने लक्ष्य रहेको विश्व बैंकले जनाएको छ ।

शहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरी यो कार्यक्रम अघि बढाउनेछ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यो कार्यक्रम कार्यान्वयन हुनेछ ।

आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४०० किलोमिटर र ७०० किलोमिटर  प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार गर्ने र प्राथमिकतामा परेका नगरपालिका र स्थानीय तह जोड्न १०० किलोमिटर मौसमी सडक र पुलहरू निर्माण हुने जनाइएको छ ।

तीन चरणमध्ये पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेश र १३ नगरपालिकामा आयोजना कार्यान्वयन हुनेछ । विस्तार तथा निर्माण हुने सडक र पुल पहुँचबाट करिब १० लाख नागरिक लाभान्वित हुने विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ५ : २७ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै