विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार « Khabarhub

विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विश्व बैंकसँग सवा १७ अर्ब रुपैयाँ बराबर ऋण काढेर प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रम शुरू गरेको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज (बिहीबार) प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको प्रथम चरण कार्यान्वयन उद्घाटन गरेका हुन्‌ ।

विश्व बैंकले यो कार्यक्रमका लागि नेपाललाई १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड २० लाख रुपैयाँ) ऋण दिएको छ ।

कार्यक्रम अन्तर्गत प्रदेश र स्थानीय स्तरमा सडक पहुँच विस्तार गर्ने, सडकको प्रभावकारिता विस्तार गर्ने, सडकलाई प्रतिरोधी र सुरक्षित बनाउने लक्ष्य रहेको विश्व बैंकले जनाएको छ ।

शहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरी यो कार्यक्रम अघि बढाउनेछ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यो कार्यक्रम कार्यान्वयन हुनेछ ।

आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४०० किलोमिटर र ७०० किलोमिटर  प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार गर्ने र प्राथमिकतामा परेका नगरपालिका र स्थानीय तह जोड्न १०० किलोमिटर मौसमी सडक र पुलहरू निर्माण हुने जनाइएको छ ।

तीन चरणमध्ये पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेश र १३ नगरपालिकामा आयोजना कार्यान्वयन हुनेछ । विस्तार तथा निर्माण हुने सडक र पुल पहुँचबाट करिब १० लाख नागरिक लाभान्वित हुने विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ५ : २७ बजे

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज