आज २०८० साल माघ ७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ७ गते आइतबारको राशिफल


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल माघ ७ गते आइतबार तदनुसार सन् २०२४ जनवरी २१ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ । आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ ।

वृष : चन्द्रमा उदय भएकाले दिन राम्रो छ । साथीबाट सहयोग मिल्नेछ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । खानपानमा सचेत हुनु फाइदा हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ ।

मिथुन : दिन राम्रो छ । नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ । धर्ममा मन जानेछ । मिठो खान पाइने छ । नयाँ साथीसँगको आनन्द अनुभूति हुनसक्छ । व्यापारी साथी सकारात्मक छन् । परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ ।

कर्कट : दिन सामान्य छ । हरेक क्षेत्रमा तनाव हुनसक्छ । राम्रा कामको जस अरुले लिनेछन् । बिहानै उठेर वर र पिपलको दर्शन गरेर कामको सुरुवात गरे दिन राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट धोखा हुने देखिन्छ ।

सिंह : दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानीबाट राम्रो हुनेछ । शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा तनाव बढ्ने छ । कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या : दिन राम्रो छ । कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । अचानक रोगको प्रभाव देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग रहनेछ ।

तुला : दिन राम्रो छ । शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ । सहकर्मी विरोध गर्न जुटेका छन् । सहकर्मीसँग सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ र सहयोग राम्रो रहने छ ।

धनु : दिन राम्रो छ । कर्मको फल प्राप्त गर्न सहज हुनेछ । बोलीको प्रभाव रहने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : समय सामान्य छ । अचानक खर्च बढ्ने योग रहेको छ । आफ्नाले कुरा काट्ने छन् । माथिल्लो निकायबाट साथ रहने छ । परिवारको साथ मिल्नेछ ।

कुम्भ : समय राम्रो छैन । अचानक पुरानो रोगले दुःख दिन्छ । आफूले कमाएको धनमा अरुको आँखा लाग्न सक्छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुने दिन छ ।

मीन : समय राम्रो छ । तपाईं धन्यवादको पात्र बन्नुहुन्छ । झुक्याउने साथीसँग सचेत हुनुपर्छ । सहयोग गर्ने साथीको संख्या बढी भएकाले डराउनु आवश्यक छैन । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ४० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा