तराईमा हुस्सु र कुहिरोले यातायात सेवा प्रभावित हुन सक्ने « Khabarhub

तराईमा हुस्सु र कुहिरोले यातायात सेवा प्रभावित हुन सक्ने


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्नुका साथै चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०३ बजे

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण