आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान | Khabarhub Khabarhub

आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान

जनताका समस्या बटुलेर महासमिति बैठकमा बुझाइने



काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले आज (माघ ७) देखि १५ दिनसम्म ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । माघ २२ सम्म चल्ने अभियानमा कांग्रेसका केन्द्रीय नेताहरूले गाउँटोलसम्म पुगेर जनताका समस्या सुन्ने छन् ।

यो अभियानमा गाउँसम्म केन्द्रीय नेता र प्रतिनिधिहरु खटिने कांग्रेस प्रवक्ता मीन विश्वकर्माले खबरहबलाई बताए ।

विश्वकर्माले भने, ‘गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गरिने छ ।’

समुदायमा कांग्रेस अभियानका लागिपार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । ती प्रतिनिधिले जिल्लामा बैठक राखेर वडास्तरसम्म प्रतिनिधि खटाउने र समूह बनाएर छलफल गर्ने उनले बताए ।

अभियानका लागि बनाइएको समूहका किसान, व्यापारी, विद्यार्थी, युवा, तथा विभिन्न समुदायसँग कांग्रेसले अन्तरक्रिया गर्ने प्रवक्ता विश्वकर्माको भनाइ छ ।

कांग्रेसले यो अभियानका क्रममा सरकारमा रहँदा पार्टीप्रति सन्तुष्ट भए/नभएको विषय पनि जनतालाई सोध्ने नेताहरूले जानकारी दिए । प्रवक्ता विश्वकर्माले भने, ‘यो आमसभा जस्तो हुँदैन, गाउँको चिया गफ र कोठेगफ जस्तो हुन्छ ।’

महासमिति बैठकमा प्रतिवेदन बुझाउनुपर्ने

समुदायमा कांग्रेस अभियान अन्तर्गत आएको तल्लो तहको सुझाव तथा समस्याको प्रतिवेदनमाथि महासमिति बैठकमा गहन छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयको सचिवालयले बताएको छ ।

कांग्रेसले महासमिति बैठक फागुन ७ मा गर्दैछ । यसअघि मंसिर २३ मा बैठक बस्ने भनिएको थियो । जाजरकोट भूकम्पलाई बहना बनाएर पुस १६ मा सारिएको महासमिति बैठक फागुन ७ मा बस्न लागेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो । फागुन ७ गते आयोजना हुने महासमिति बैठकले नीति तथा सिद्धान्तका विषयमा घनीभूत छलफल गर्ने सहमहामन्त्री महालक्ष्मी उपाध्यायले खबरहबलाई बताइन् ।यसका लागि पनि जनतासँग पुगेर एकपटक छलफल गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

महासमिति बैठकमा छलफल हुनुपर्ने एजेन्डाका विषयमा केन्द्रित भएर पनि छलफल तथा सुझाव संकलन हुन आवश्यक रहेको उनलेबताइन्

कांग्रेसले महासमिति बैठकमा पेस गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ । समितिमा केन्द्रीय पदाधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत सदस्य छन् ।

यस्तै महासमिति बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले पेस गर्ने कार्यक्रम छ ।  समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने बताइएको छ ।

महामन्त्रीद्वयले दिए प्रशिक्षण

‘समुदायमा कांग्रेस अभियान’ कसरी गर्ने र कस्ता विषयवस्तु उठान गर्ने भन्ने सम्बन्धमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रशिक्षण दिएका छन् । यसबारे माघ २ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

‘मिसन ८४’ को झल्को
राजनीतिक दलहरु आफ्नो–आफ्नो पार्टीको प्रचारका लागि पछिल्लो समय विभिन्न बहाना बनाएर जनतासँग पुगिरहेका छन् । उनीह्रुले जनता समस्या सुन्ने अभियान बताए पनि आगामी २०८४ मा हुने आम चुनावका लागि शक्ति आर्जन गर्ने तयारीको रुपमा यसलाई हेर्ने गरिएको छ ।

यसअघि एमालेले पनि जनताका समस्या सुन्ने भन्दै १९ दिने महाकाली–मेची अभियान चलाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकास आयोजनामाथिको खबरदारी अभियान घोषणा गरेको छ । सत्तारुढ माओवादीले समेत ‘घरघरमा माओवादी’ नाम दिएर संगठनात्मक अभियान गरिसकेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : ३१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको