वन संरक्षणकर्मी सम्मानित | Khabarhub Khabarhub

वन संरक्षणकर्मी सम्मानित


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङ नीलकण्ठ नगरपालिका– ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत आफ्ना चारजना संरक्षणकर्मीलाई सम्मान गरेको छ ।

समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ– ५ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल छन् ।

सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । साथै उनले सोही विद्यालयमा प्रधानाध्यापक भई लामो समय सेवा गरेका थिए । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन सुरुआत गराउन उनले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका थिए ।

धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्नयनका लागि लामो समय व्यतीत गरेका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आएका छन् ।

कार्यक्रममा नीलकण्ठ– ५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र अर्पण गरेका थिए ।

साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ– ५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।

सो अवसरमा नीलकण्ठ– ५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ४४ बजे

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी

ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई

प्रधानमन्त्रीले भने- नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म

भ्रष्टाचार छानबिन गर्न माग गर्दै दलबलसहित अख्तियार पुग्यो राप्रपा (तस्बिरहरू)

काठमाडौं– भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने

काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र