वर्तमान सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

वर्तमान सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै गएको आरोप लगाएका छन् ।

प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताए । 

उहाले अहिलेको सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए ।

ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जबाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सिधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

ज्ञवालीले भारतसँग हालै भएको सम्झौताले नेपाललाई दिर्घकालीन रुपमा असर पर्ने जिकिर गरे ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ५० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र