राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबा सहित नेपालबाट को को पुगे ? « Khabarhub

राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबा सहित नेपालबाट को को पुगे ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपालीहरुको सहभागिता पनि उल्लेखनीय रहेको पाइएको छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा नेपालबाट बराहक्षेत्रस्थित चतराधामका तत्कालीन महन्थ सिद्धबाबा भनिने कृष्ण गिरी, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्थ आएका छन् ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषका मूल भट्ट, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व आईजीपी अच्युत कृष्ण खरेल, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदका साथै केही सञ्चारकर्मीहरू पनि अयोध्या आएका छन् ।

अयोध्यामा जनवरी २२ अर्थात् सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदैछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ५९ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा