भाषा सिक्दै तनहुँका कुमाल समुदाय « Khabarhub

भाषा सिक्दै तनहुँका कुमाल समुदाय


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् । “कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन”, कुसमायाले भनिन्, “अहिले भाषा सिक्दैछु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।” आफ्नै भाषा, संस्कृति रीतिरिवाजका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

“हामी त अहिलेसम्म कुमाल भाषा बोलेका छैनौँ, अब सिक्दैछौँ, सिकेपछि जानिहाल्छौँ”, उनले भनिन् । सोही वडा निवासी अम्बिका कुमाललाई भने आफ्नो भाषा छ भन्ने नै थाहा थिएन । उनले भनिन्, “मलाई त कुमाल जातिको भाषा छ होला र भन्ने थियो, हामी त अहिलेसम्म नेपाली भाषामै बोलिरहेका छौँ, कुमालको पनि भाषा छ भन्ने थाहा पाउँदा खुसी लाग्यो ।” कुमाल भाषा सिकिरहेको बताउँदै उनले अब कुमाल भाषामै घरपरिवारमा कुरा गर्ने सुनाइन् ।

किमलडाँडामा कुसमाया र अम्बिका जस्तै ६० जनाले आफ्नो भाषा सिकिरहेका छन् । यहाँका कुमाल समुदाय आफ्नो भाषा संरक्षणका लागि जुटेका छन् । भाषा, संस्कृति विस्तारै हराउँदै गएपछि सुरुमा मातृभाषा सिकाउन थालिएको छ । शुक्लागण्डकीमा विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदाय एकै ठाउँमा जम्मा भएर भाषाको कक्षा लिइरहेका छन् ।

कुमाल समाज नेपाल नगरकार्यसमिति शुक्लागण्डकीको आयोजनामा शनिबारदेखि १० दिनसम्म भाषा कक्षा सञ्चालन हुनेछ । भाषा संरक्षण कार्यक्रममा अभिभावक र विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत गरी ६० जनाको सहभागिता रहेको कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमालले जानकारी दिए ।

तालिममा अर्घाखाँचीका तिलकबहादुर कुमाल र पाल्पाका उषा कुमालले भाषा सिकाइरहेका छन् । नगरपालिकाकाले अल्पसङ्ख्यक कुमाल, भुजेल र थकाली समुदायको भाषा संरक्षणका लागि बजेट विनियोजन गरेको थियो । कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् । विसं २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको सङ्ख्या एक लाख २९ हजार सात सय दुई छ । तनहुँमा आठ हजार सात सय २७ जनसङ्ख्या छ भने शुक्लागण्डकीमा तीन हजार सात सय बसोबास गर्छन् ।

शुक्लागण्डकी–६, ८ र १० मा कुमाल समुदायको बसोबास छ । देशभरका कुमालमध्ये करिब १२ प्रतिशतले मात्रै आफ्नो भाषा बोल्नसक्ने कुमाल भाषाका प्रशिक्षक तिलकबहादुरले जानकारी दिए । लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालले आफ्नो भाषा बोल्छन् तर बसाइँ सरेर अन्यत्र गएकाले बोल्न छाडेको उनको भनाइ छ । राष्ट्र र राष्ट्रियतालाई समृद्ध बनाउन हरेक मातृभाषाको संरक्षण, प्रवद्र्धन र विस्तार हुनु जरुरी रहेको प्रशिक्षक कुमालले बताए ।

उनले भने, “भोलिको पुस्ताले आफ्नो मातृभाषा दैनिक व्यवहारमा प्रयोग गर्न यस्ता कार्यक्रम हरेक समुदायमा पुर्‍याउनै पर्छ, राज्यका तीनै तहका सरकारले स्पष्ट नीति लिए पनि कतिपय स्थानीय तहमा पाठ्यक्रम निर्माणका क्रममा कुनै जातिको बाहुल्यता भएको ठाउँमा पनि मातृभाषामै पुस्तक तयार हुन सकेको छैन ।”

मातृभाषाकै विद्यालय स्थापना गरी जनशक्ति तयार गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार देवनागरीकै लिपिमा कुमाल भाषा लेखिन्छ । भारोपेली परिवारको कुमाल भाषा नेपाली र हिन्दीसँग मिल्दोजुल्दो हुन्छ । वाक्य संरचना पनि नेपाली भाषासँगै मिल्दोजुल्दो भएकाले सिक्ने इच्छाशक्ति भएमा सिक्न अप्ठ्यारो नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३० बजे

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।