पक्राउ पुर्जीपछि अखिल अध्यक्ष सिंह भन्छिन्- बाहिर हल्ला सुनेको हुँ, औपचारिक जानकारी छैन « Khabarhub

पक्राउ पुर्जीपछि अखिल अध्यक्ष सिंह भन्छिन्- बाहिर हल्ला सुनेको हुँ, औपचारिक जानकारी छैन


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पञ्चा सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको जानकारी दिए । उनले खबरहबसँग भने, ‘अदालतबाट अनुमति आइसकेको छ, हामीले कानूनी प्रक्रिया अघि बढाएका छौँ ।’

२०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यता सिंहले भने आफूलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा आधिकारिक जानकारी नपाएको बताइन् । आफूले पनि बाहिरी हल्ला सुनेको भएपनि यसबारे औपचारिक जानकारी नआएको उल्लेख गरिन् । खबरहबसँग उनले भनिन्, ‘मैले पनि बाहिर हल्ला सुनेको हो, आधिकारिक जानकारी आएको छैन ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०६ बजे

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा