पक्राउ पुर्जीपछि अखिल अध्यक्ष सिंह भन्छिन्- बाहिर हल्ला सुनेको हुँ, औपचारिक जानकारी छैन | Khabarhub Khabarhub

पक्राउ पुर्जीपछि अखिल अध्यक्ष सिंह भन्छिन्- बाहिर हल्ला सुनेको हुँ, औपचारिक जानकारी छैन


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पञ्चा सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको जानकारी दिए । उनले खबरहबसँग भने, ‘अदालतबाट अनुमति आइसकेको छ, हामीले कानूनी प्रक्रिया अघि बढाएका छौँ ।’

२०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यता सिंहले भने आफूलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा आधिकारिक जानकारी नपाएको बताइन् । आफूले पनि बाहिरी हल्ला सुनेको भएपनि यसबारे औपचारिक जानकारी नआएको उल्लेख गरिन् । खबरहबसँग उनले भनिन्, ‘मैले पनि बाहिर हल्ला सुनेको हो, आधिकारिक जानकारी आएको छैन ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र