म्यान्मारसँगको खुला सीमामा तारबार लगाउने भारतको योजना « Khabarhub

म्यान्मारसँगको खुला सीमामा तारबार लगाउने भारतको योजना


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मारसँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना अघि सारेको छ । विद्रोहीको आक्रमणबाट भागेर म्यान्मारका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले यस्तो घोषणा गरेका हुन् ।

शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, “सरकारले पूरै खुला भारत–म्यान्मार सीमामा तारबार लगाउने निर्णय गरेको छ ।” भारत र म्यान्मारबीच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ ।

कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताए । उक्त सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ ।

सीमावर्ती क्षेत्रमा कयौँ मानिसबीच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ । टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भने, “हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।” सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ ।

नोभेम्बरमा अराकान आर्मी लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्मारका केही भागमा लगातार झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ ।

अक्टोबरमा विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकुसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मारमा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू भएको छैन । यहाँ लडाइँ जारी छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : १७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक