एलओडी क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा | Khabarhub Khabarhub

एलओडी क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।

म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ ।

एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ । मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए ।
छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ ।

‘यसपटक अझै माथि उक्लिन सकिने आशा लिएका छौ,’ कुँवरले भने, ‘क्लबका लागि आवश्यक पुर्वाधार,सुरक्षा व्यवस्था तथा कलाकार र डिजे म्युजिकको राम्रो व्यवस्था गरिरहेका छौ ।’

पछिल्लो समय ठमेलमा आउनुको कारण कल्बीङ कल्चर बनेको कुँवरको भनाइ छ । रात्रीकालीन व्यवसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनको विश्वास छ । एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औँ स्थानमा परिसककेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ४३ बजे

‘सिड’ ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन महासन्धिसम्बन्धी

एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा

काठमाडौं – विवाहको छ महिनामै चर्चित गायिका एलिना चौहानसँग सम्बन्धविच्छेद

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

धनगढी– २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय हुने क्रममा नेपाल

बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ?

काठमाडौं– संघीय संसद्को चालु बजेट अधिवेशनमा विभिन्न सातवटा विधेयकहरू पारित