वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु « Khabarhub

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय हुने क्रममा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अझै पनि तागतिलो रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच एकता घोषणा हुँदा गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको बताएका छन् ।

‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु । अहिले पनि त्यसरी जान्छु’, उनले भने, ‘म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल भएको छैन । सफलता मात्रै मिलेको छ ।’

उनले अब देशमा समाजवाद निर्माणका लागि लाग्नुपर्ने पनि बताएका छन् । ‘यो देश हाम्रो हो, यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो । हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसको निम्ति लाग्नु पर्दछ’, समाजवादीमा वरिष्ठ नेतासहित तेस्रो वरीयता पाएका गौतमले भने ।

उनले आफू चार वर्षअघि नै आउन सकेको भए यतिबेला समाजवादको ढोका खुलिसक्ने पनि बताए । ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद निर्माणको कुरो हुन्थ्यो । किनकि, म लागेपछि हुन्छ । म लागेपछि समाजवाद निर्माण हुन्छ’, उनले भने, ‘लाग्ने भनेको तपाईंहरूसँग मिलेर लाग्ने हो । एक्लै लाग्ने होइन । सिङ्गो समाज लाग्छ । त्यो आवश्यकता हो । एक पटक पार्टीले निर्णय गरेर अब सुरू गरौँ भनौँ त ।’

समाजवाद निर्माणसम्बन्धी योजना बनाउने क्रममा आफूले नेपालमै १२ सय खर्बको सम्पत्ति तयार गरेको बताए ।

गौतमले आफू ज्यादै खुसी भएको बताएका छन् । ‘आज म ज्यादै खुसी भएको छ । अलिअलि पनि होइन ज्यादै धेरै । मैले धेरै व्यक्त गर्न सक्दिनँ । नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चार वर्ष पहिलेदेखि सुरु गरेँ’, उनले भने, ‘मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो । मैले भने जसरी एकता भएको छ ।’

उनले आफू धेरै हन्डर ठक्कर खाएर आएको बताए । ‘मैले एसएलसी बल्लतल्ल थर्ड डिभिजनमा पास गरेँ । तर आज मैले ब्रम्हाण्डमा विचरण गर्छु । कहिले म कन्टम सिद्धान्तमा विचरण गर्छु । साँच्चै आनन्दित भएको छु’, उनले भने, ‘अब अन्तिम अवस्थामा प्रवेश गरिरहेको छु । सय वर्ष त म बाँच्नुपर्ने हो भन्ने मलाई लाग्छ ।’

उनले आफू सय वर्षको हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अघि बढाइरहने पनि घोषणा गरे ।

‘त्यो भन्दा बढी त बाँच्न आवश्यक पनि छैन । १०० वर्षसम्म मैले देशको कम्युनिष्ट आनदोलन अघि बढाउँछु । मैले मेरो जीवनमा के प्राप्त गर्नपर्छ भन्ने जान्ने भएपछि संकल्प गरेको छु’, उनले भने, ‘१) राजतन्त्रको अन्त्य । २) कम्युनिष्ट आन्दोलन एउटै बनाएर एक पार्टी बनाउने ।’

२०७५ सालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई औधी खुसी लागेको उनले बताए । अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसक्दा साह्रै दुःख लागेको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : १४ बजे

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको