बागलुङ नगरपालिकाले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि | Khabarhub Khabarhub

बागलुङ नगरपालिकाले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बागलुङ – १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो ।

आज सकिएको प्रतियोगितामा बडिगाड गाउँपालिकाले १२ स्वर्ण, १४ र रजत १३ कास्य पदक जितेको छ । निसीखोला गाउँपालिकाले पाँच स्वर्ण, १० रजत र चार कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खण्डकाले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाले छ स्वर्ण, एक रजत र तीन कास्य जितेको छभने गलकोट नगरपालिकाले तीन स्वर्ण, चार रजत र आठ कास्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र एक कास्य, जितेको छ । काठेखोला गाउँपालिकाले चार स्वर्ण, छ रजत र नौ कास्य जितेको अध्यक्ष खड्काको भनाइ छ ।

ताराखोला गाउँपालिकाले सात रजत र एक कास्य पदक, बरेङ गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ । तमानखोला गाउँपालिकाले एक कास्य पदक जितेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास