विद्युतको क्षेत्रमा एमसीसी कोसेढुङ्गा सावित हुनेछ : पूर्वअर्थमन्त्री कार्की « Khabarhub

विद्युतको क्षेत्रमा एमसीसी कोसेढुङ्गा सावित हुनेछ : पूर्वअर्थमन्त्री कार्की


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् । प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले कोरोनापछि तहसनहस भएको अर्थतन्त्र लयमा फर्किसकेको जिकिर गरे।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएकाले यसलाई गति दिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उनको भनाइ थियो ।

“मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भने, “एमसिसी अन्तर्गत निर्माण हुने आयोजना पाँच वर्षमा सम्पन्न गर्नुपर्छ, विद्युतको क्षेत्रमा एमसीसी कोसेढुङ्गा साबित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीको भनाइ थियो ।

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै उनले यस आयोजनाबाट सबैभन्दा पहिला जिल्लाबासीले लाभ लिनुपर्ने धारणा राखे ।

फरक प्रसङ्गमा बोल्दै कांग्रेस नेता कार्कीले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा गठबन्धनमा उम्मेदवार विजयी हुने पनि दाबी गरे । सत्तागठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहजरूपमा जित्ने उनको जिकिर थियो ।

नेता कार्कीले संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कृष्णप्रसाद सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार बनाइएको उनको तर्क थियो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका सोलुखम्बु, खोटाङ, भोजपुर जिल्ला हुँदै हिजो बेलुकी सङ्खुवासभा आइपुगेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : १९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको