महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू) | Khabarhub Khabarhub

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)



काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको रथ तानेसँगै इन्द्रजात्रा समापन भएको छ । यो वर्षको इन्द्रजात्रा गत आइतबार (भदौ ३०) देखि मनाउन थालिएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन नानिचा यात्रामा महिलाहरूले रथ तानेका हुन्‌ । रथ तान्न काठमाडौं दरबार क्षेत्र वरपरका नेवारसहित दलका नेतृ र अन्य समुदायका महिलाहरू पनि सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम्‌ प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ पनि रथ तान्न पुगेकी थिइन्‌ । दशक अघिसम्म भने नेवार समुदायका एकल महिलाहरूले मात्र नानिचा यात्रामा रथ तान्ने परम्परा थियो ।

आज दिउँसो महिलाहरूले रथ तानेपछि आजै राति इन्द्रध्वज ढालेर लिङ्गोलाई घिसार्दै टेकु दोभान पुर्‍याइनेछ । त्यो लिङ्गोलाई विष्णुमति र बागमतीको संगमस्थल टेकु दोभानमा सेलाइनेछ । त्यसपछि यो वर्षको इन्द्रजात्रा विधिवत्‌ समापन हुनेछ ।

उपत्यकाबासीसहित नेवार समुदायको बाक्लो बसोबास रहेको काभ्रे र दोलखालगात जिल्लामा वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाउने गरिन्छ । इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै नाचगान समेत गरिन्छ ।

यो पनि-

सुरु भयो इन्द्रजात्रा (१० तस्बिर)

इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गरेका थिए । सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३३ बजे

कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब

नेपालको बीबी माइनस रेटिङ सकारात्मक : अर्थ मन्त्रालय

काठमाडौं – नेपालले सार्वभौम क्रेडिट रेटिङमा पाएको बीबी माइनस स्कोरलाई

चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइ : अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न (मंसिर १७ गदेखि)

रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली