विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल नामिबियासँग भिड्दै « Khabarhub

विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल नामिबियासँग भिड्दै


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ।

घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा हुनेछ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

पहिलो खेलमा नेपालको प्रदर्शन
फागुन ३ गते बिहीबार कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा पूरा गरेको थियो। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो। दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भएका थिए। कप्तान रोहित पौडेल एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भएका थिए।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन मात्र बनाएका थिए। सोमपाल कामी २ रनमा आउट भएका थिए भने गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए। करण केसी १६ रन बनाएर आउट हुँदा ललित राजवंशी शून्य रनमा नटआउट रहेका थिए। नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट हात पारेका थिए।

दोस्रो खेलमा नेदरल्याड्समाथि शानदार जित
फागुन ५ गते शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेटेको थियो।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाएका थिए। नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका थिए।

३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए भने ४५ बल खेलेका आशिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए। ओपनर कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा बनाएको थियो। नेदरल्याण्ड्सको ब्याटिङ लाइन धराप पार्न नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिएका थिए।

नेपाल भ्रमणमा रहेका नेदरल्याण्ड्स र नामिबिया बिचको खेलमा भने नेदरल्याण्डस् विजयी भएको छ। तीन खेल सम्पन्न हुँदा सबै टिमले एकएक जित निकालेका छन्। समान अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ।

बाँकी खेल
फागुन ११ गते शुक्रबार- नामिबिया र नेदरल्याण्ड्स
फागुन १३ गते आइतबार- नेपाल र नेदरल्याण्ड्स

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ०७ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा