आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल | Khabarhub Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा भेट्टायो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए ।

कप्तान रोहित पौडेल एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन बनाए । सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’