एमाले केन्द्रीय कमिटी बैठकमा आज चार कार्ययोजनामा समूहगत छलफल हुँदै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकमा आज चार कार्ययोजनामा समूहगत छलफल हुँदै


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा चारवटा कार्ययोजनामाथि समूहगत छलफल हुनेछ ।

हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चारवटा कार्ययोजना पेस भएका थिए । ती कार्ययोजनामाथि छलफल गर्न ९ वटा समूह बनाइएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह तथा उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा संयुक्त गरी ९ वटा समूह बनाइएको छ ।

जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमयिक राजनीतिक प्रस्तावबारे छलफल हुनेछ ।

समूहगत छलफलपछि बैठकमा प्रस्तुत गरेपछि नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

हिजो बैठकको उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाका बारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ३५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ