टस हारेको नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै, गुल्सन झा बेन्चमा | Khabarhub Khabarhub

टस हारेको नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै, गुल्सन झा बेन्चमा


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत आज हुने नामिबियाविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ। टियु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालले आज टोलीमा सामान्य परिवर्तन गरेको छ। गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ–११ मा समेटेको छ।

लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

पहिलो खेलमा नेपालको प्रदर्शन
फागुन ३ गते बिहीबार कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा पूरा गरेको थियो। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो। दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भएका थिए। कप्तान रोहित पौडेल एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भएका थिए।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन मात्र बनाएका थिए। सोमपाल कामी २ रनमा आउट भएका थिए भने गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए। करण केसी १६ रन बनाएर आउट हुँदा ललित राजवंशी शून्य रनमा नटआउट रहेका थिए। नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट हात पारेका थिए।

दोस्रो खेलमा नेदरल्याड्समाथि शानदार जित
फागुन ५ गते शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेटेको थियो।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाएका थिए। नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका थिए।

३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए भने ४५ बल खेलेका आशिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए। ओपनर कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा बनाएको थियो। नेदरल्याण्ड्सको ब्याटिङ लाइन धराप पार्न नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिएका थिए।

नेपाल भ्रमणमा रहेका नेदरल्याण्ड्स र नामिबिया बिचको खेलमा भने नेदरल्याण्डस् विजयी भएको छ। तीन खेल सम्पन्न हुँदा सबै टिमले एकएक जित निकालेका छन्। समान अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : २० बजे

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

राजविराज– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक