स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पो’ « Khabarhub

स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पो’


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भेरीगंगा कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुने भएको छ ।

महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा पाँच सय छुट हुने जानकारी दिए। 

पर्यटन प्रवर्द्धन गर्न कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था गरिएको उनले जानकारी दिए। उनले भने, ‘भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहने व्यक्तिलाई आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको छ, यसले हाम्रो कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।’

त्यसैगरी महोत्सवको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दा भित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीयस्थलको हातले बनाएको तस्बिर राखिने जनाइएको छ । महोत्सवमा खानाका विविध परिकार पनि पस्किने गरी स्वच्छ, सफा होटल, कृषि र घरेलु उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने जनाइएको छ ।

विद्यालयस्तरीय मौलिक नाच, लोकदोहोरीसँगै कर्णालीका देउडा, टप्पा, सिङ्गारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृतिका प्रतियोगिता पनि आयोजना गरिने महासचिव भण्डारीले बताए । जुम्ला, हुम्लामा गाइने देउडा, सल्ल्यान, रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ र थारू समुदायका कला प्रदर्शन गरिनेछ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : १८ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल