दोलखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम  « Khabarhub

दोलखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८१ को साउन देखि खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सञ्चालन हुने भएको छ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना – दोस्रो अन्तर्गत वैतेश्वर गाउँपालिकाका ८ वटै वडा तथा मेलुङ गाउँपालिका-७ वडामा सो कार्यक्रम संचालन हुन लागेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई सिन्धुपाल्चोकले जनाएको छ।

८ वडामा विशेषगरी लक्षित वर्गलाई समावेश गरी कार्यक्रम भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित र महिलालाई सहभागिता गरिने आयोजनाका निर्देशक जगन्नाथ तिवारीले बताए ।

वैतेश्वर र मेलुङ पालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरक्रिया कार्यक्रममा निर्देशक तिवारीले पालिका भित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग जलवायु तथा पोषण मैत्री कृषि प्रविधिकणहरुको अनुसरण र प्रचार तथा सान कृषकहरूको क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्जन र विविधीकरण प्रवर्द्धन गरी बजारमा पहुँच बनाउने साथै सुनौला हजार दिनका आमाहरू ६–२४ महिना सम्मका बच्चाहरूको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम आउँदो साउन देखि ३ वर्ष सञ्चालन हुने निर्देशक तिवारीले बताए ।

 

अन्तरक्रिया कार्यक्रममा पालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कार्यक्रम संचालन भएपछि पालिका भित्रको भूकम्प र बाढी पीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित महिलाहरूलाई ठूलो मद्दत पुग्ने विश्वास लिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले  बताए ।

आयोजना क्लष्टर इकाईका वरिष्ठ कृषि अधिकृत राजेश कुमार केसीका अनुसार वैतेश्वर गाउँपालिका सबै वडामा प्राथमिकता क्षेत्रको छनोट गरी कार्यक्रम संचालन गरिने छ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत, ८ वटै वडाको वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्य, गाउँपालिका सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ३१ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक