लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा « Khabarhub

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

चौतारा– सोह्र दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो । 

निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए। उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुनेछ । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन हुने देखिएको छ ।

तीन अर्ब ४० करोडभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिइएको छ । कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६ दशमलव २६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ । 

लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्‍याइने छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ४२ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष