काठमाडौंमा ट्याक्सी यातायात व्यवसायीको प्रदर्शन « Khabarhub

काठमाडौंमा ट्याक्सी यातायात व्यवसायीको प्रदर्शन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरूले विरोध गरेका छन् । 

बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरूलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो । 

संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक ऊर्जाबाट चल्ने सवारी साधनहरू, सहज मूल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ भने ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै वैज्ञानिक तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले प्रशासनिक निकायहरूबाट चालक मजदुरहरूमाथि गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ०७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२