महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ ः शेखर कोइराला  « Khabarhub

महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ ः शेखर कोइराला 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महासमिति बैठक पछि पार्टीमा देखिएको गुट उपगुट अन्त्य भएर जाने कुरामा विश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् । 

ललितपुरको गोलाबारीमा जारी महासमिति बैठकमा खबरहबसँग कुराकानीमा उनले १५ औँ महाधिवेशनमा कांग्रेसले नयाँ मुहार फेर्ने समेत बताए । 

उनले भने, ‘हामी यो महासमिति बैठक नीति महाधिवेशनबाट कांग्रेस पार्टीलाई नयाँ धारमा लिएर जान्छौँ । सबै साथीहरूबाट आएको सुझाव पनि यसमा समेटिन्छ । अहिले  ग्रुपमा छलफलमा साथीहरूले उठाएका कुरा सम्बोधन हुन्छ ।’ 

कोइरालाले कांग्रेस विचारको राजनीतिमा स्वतन्त्र भएकाले सबै सदस्यको भावनाको कदर पनि गर्ने बताए । कांग्रेसले तल्लो तहका जनताको कुरा बुझ्दा बुझ्दै पनि केही समस्याका कारण सम्बोधन नभएको दाबी गरे ।  

७ गतबाट ललितपुरको गोलाबारीमा जारी महासमिति बैठक १० गते बुधवार सकिने भनिएको भए पनि ११ गतेसम्म लाग्न सक्ने बताइएको छ । सोमबार र मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । 

बुधवार ४ वटा ग्रुपमा प्रस्तुत भएका प्रतिवेदनको डिस्कसन चलिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ५१ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम