नामिबियासँग फेरि हार्‍यो नेपाल | Khabarhub Khabarhub

नामिबियासँग फेरि हार्‍यो नेपाल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग- २ को तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ३९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान गेरहार्ड इरास्मसले ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहीत पौडेल, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।

यसअघि लिग-२ को पहिलो खेलमा पनि नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्याण्डमाथि नेपालले सानदार जित निकालेको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : ०५ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु