नामिबियासँग फेरि हार्‍यो नेपाल « Khabarhub

नामिबियासँग फेरि हार्‍यो नेपाल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग- २ को तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ३९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान गेरहार्ड इरास्मसले ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहीत पौडेल, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।

यसअघि लिग-२ को पहिलो खेलमा पनि नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्याण्डमाथि नेपालले सानदार जित निकालेको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : ०५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो