कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान « Khabarhub

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गरेका छन् ।    

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। ‘हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन’, उनले भने। 

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो । 

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गरे।  ‘आफ्नो मान्छे परे गठबन्धन ठीक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ ?’, उनले  प्रश्न गरे। कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गरे ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताए। पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उनको माग थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : २५ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि