पाटे बाघको आक्रमणबाट दुई जना घाइते « Khabarhub

पाटे बाघको आक्रमणबाट दुई जना घाइते


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

बारा– पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्। 

बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा सवार उनीहरूलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साहा बनियाले बताए।

बाघले आक्रमणपछि सडकमा लडेका उनीहरूलाई त्यस रुटमा चल्ले बसका रहेका यात्रुले थप उदार गरेको कारण बाघ पुनः जंगलमा भागेको थियो। 

बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालम कृष्णको भने सडकमा लडेको हुँदा दुवै हातमा चोट लागेको छ।

घाइते दुवैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ४१ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।