मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल « Khabarhub

मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे छलफल गरेका छन्।

गोरखामा डा. मध्यपहाडी लोकमार्ग (नुवाकोट–धादिङ–गोरखा–लमजुङ खण्ड) का प्रमुख ई.नरेन्द्र भट्टसँग लोकमार्ग निर्माणमा भइरहेको ढिलाइबारे गहन छलफल गरेका हुन्।

भट्टसँग डा.भट्टराईले मध्यपहाडी लोकमार्ग गोरखा खण्डको आरूघाट–ओखले, ओखले–निबेलमसानेठाँटी–ठाँटीपोखरी खण्डमा भइरहेको ढिलाइबारे गम्भीर छलफल भएको बताए। भट्टराईले ती सडकखण्डमा भइरहेको अस्वाभाविक ढिलाइ अन्त्य गरेर छिटो सम्पन्न गर्न आग्रह गरे।

छलफलमा गण्डकी प्रदेशसभा सांसद तथा नेसपा नेता फणीन्द्र देवकोटा पनि थिए। डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा गौरवको आयोजनाको रूपमा मध्यपहाडी लोकमार्ग घोषणा गरेका थिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ५५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका