मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल « Khabarhub

मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे छलफल गरेका छन्।

गोरखामा डा. मध्यपहाडी लोकमार्ग (नुवाकोट–धादिङ–गोरखा–लमजुङ खण्ड) का प्रमुख ई.नरेन्द्र भट्टसँग लोकमार्ग निर्माणमा भइरहेको ढिलाइबारे गहन छलफल गरेका हुन्।

भट्टसँग डा.भट्टराईले मध्यपहाडी लोकमार्ग गोरखा खण्डको आरूघाट–ओखले, ओखले–निबेल र मसानेठाँटी–ठाँटीपोखरी खण्डमा भइरहेको ढिलाइबारे गम्भीर छलफल भएको बताए। भट्टराईले ती सडकखण्डमा भइरहेको अस्वाभाविक ढिलाइ अन्त्य गरेर छिटो सम्पन्न गर्न आग्रह गरे।

छलफलमा गण्डकी प्रदेशसभा सांसद तथा नेसपा नेता फणीन्द्र देवकोटा पनि थिए। डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा गौरवको आयोजनाको रूपमा मध्यपहाडी लोकमार्ग घोषणा गरेका थिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ५५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली