चीनले बीआरआई परियोजनामा भ्रष्टाचार गर्नेलाई संसारभर खोज्दै « Khabarhub

चीनले बीआरआई परियोजनामा भ्रष्टाचार गर्नेलाई संसारभर खोज्दै


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टाचार भएको स्वीकार गरेको छ ।

सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशङ्कामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरेको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको भ्रष्टाचार विरोधी निगरानी निकाय केन्द्रीय अनुशासन निरीक्षण (सीसीडीआई) ले हङकङस्थित सीमापार भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएका विभिन्न निकायसँगको बैठकमा यस्तो निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएको छ ।

‘हामीले बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणको अखण्डतालाई बलियो बनाउनु पर्छ र भ्रष्टाचार विरुद्धको कडा र लामो लडाई जित्नको लागि बलियो समर्थन र दृढ ग्यारेन्टी प्रदान गर्न भ्रष्टाचार विरुद्ध उच्च दबाब अडानलाई सुदृढ पार्नु पर्छ,’ सीसीडीआईले बैठक पछि जानकारी दिँदै भनेको छ ।

पार्टीद्वारा सञ्चालित पिपुल्स डेलीका अनुसार बीआरआई परियोजनालाई भ्रष्टाचारमुक्त बनाउने सीसीडीआईको योजनालाई कार्यान्वयन गर्ने प्रयास स्वरूप धेरै महिना पछि दोस्रो रिपोर्ट बाहिर आएको हो ।

गत महिना सीसीडीआईको वार्षिक प्रतिवेदनले बीआरआईसँग सम्बन्धित भ्रष्टाचार विरुद्ध लड्ने र सन २०२४ को लागि सीसीडीआईले निरीक्षणको कामलाई प्राथमिकतामा राखेको बताएको थियो।

विगत दश वर्षमा चीनले सो परियोजनामार्फत ट्रिलियन अमेरिकी डलर बराबर लगानी गरेको छ, तर यसरी गरिएको लगानीमा चिनियाँ अधिकारी तथा प्राप्तकर्ता देशका कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

अघिल्लो घोषणा अनुसार बीआरआईसँग सम्बन्धित विवादका सबै मुद्दा चीनमा स्थापित न्यायिक निकायबाट सञ्चालन हुनेछन् । बीआरआई परियोजनामा भ्रष्टाचार विरोधी अभियानको लागि सीसीडीआई योजनाहरू विशेष गरी साना र मझौला देशहरूमा भ्रष्टाचार र उच्च प्रोफाइल परियोजनाको अव्यवस्थापनको आरोपको बीचमा आउँछन्, जसले गर्दा धेरै एशियाली र अफ्रिकी देश ठूलो ऋणको जालमा फस्न गएका छन् ।

भ्रष्टाचार गरेका कारण सो परियोजनाको अन्तराष्ट्रिय बेइज्जत हुन गएको चीनको बुझाइ रहेको छ । जसका कारण सो परियोजनामा अनियमितता र भ्रष्टाचार गर्नेलाइ दण्डित गर्ने योजना स्वरूप विश्वव्यापी खोजी गर्न लागिएको चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ७ : ०० बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ