उद्योगीलाई हतोत्साही बनाउने काम भयो, राजनीतिकरण गरियो : विनोद चौधरी « Khabarhub

उद्योगीलाई हतोत्साही बनाउने काम भयो, राजनीतिकरण गरियो : विनोद चौधरी


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताए ।

उनले विगत १४० वर्षदेखि आफ्नो परिवारले मुलुकमा थुप्रै उद्योग तथा परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्यो भन्नु विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए ।

चौधरीले कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान दिएका छन् । उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित बनाउने बताए ।

उनले भने, ‘मैले कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।’

अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै उनले आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको समेत बताए ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको थियो ।

सो जग्गा प्रकरणमा सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो।

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : २४ बजे

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय