हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर « Khabarhub

हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रेटिङ एजेन्सी एम् बेस्टबाट हालै मात्र प्राप्त गरेको बी पलस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ ।

सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ । सो देशहरूमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीले जनाएको छ ।

भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी एक हजार करोड रुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।

तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १२ : २४ बजे

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता

‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’

एजेन्सी– इजरायलले दक्षिणी लेबनानको  हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ। बिहान

मध्यपूर्व युद्धले रूस–युक्रेन वार्ता रोकियो : जेलेन्स्की

एजेन्सी– मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।