पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी : मन्त्री बस्नेत « Khabarhub

पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी : मन्त्री बस्नेत


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताएका छन्। 

जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उहाँले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए  । 

बाढीपहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पारे । पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्ययन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पुर्‍याउन सकेमा बाढीपहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उनले जोड दिए । 

मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकरणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताए । 

जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मनसुनजन्य विपत्तिका कारण मुलुककै अर्थतन्त्र प्रणालीमा असर गर्नसक्ने भन्दै क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : ३७ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक