गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन | Khabarhub Khabarhub

गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन् ।

भाडाको कोठाबाट सुरु भएको मानवसेवा आश्रमले सरकार र दाताको सहयोगमा भवन निर्माणलाई गति दिएको हो । 

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, बागलुङको बागलुङ नगरपालिका–४ निरयघाट, लमजुङको बेँसीसहर नगरपालिका–९ पाखाथोक र गोरखाको गोरखा नगरपालिका–८ अर्चलेमा आश्रमको भवन निर्माणाधीन छन् । हेम्जामा १० करोडको लागतमा भवन बन्न लागेको कास्कीस्थित आश्रमका संयोजक सदिस पुनले जानकारी दिए। 

आश्रम निर्माणका लागि विसं २०७९ माघमा आयोजना गरिएको महायज्ञबाट रु तीन करोड बढी आर्थिक संकलन गरिएको थियो । विसं २०७५ चैतदेखि निर्माण थालिएको उक्त आश्रम भवन दुई सय जनालाई आवसीय सुविधा दिने गरी बन्न लागेको हो । हेम्जा र छोरेपाटन गरी कास्कीमा आश्रमका दुई सेवाकेन्द्र रहेका छन् ।

छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित रहेको संयोजक पुनले जानकारी दिए। श्रम निर्माणमा प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घसंस्था र सर्वसाधारण दाताको सहयोग रहेको छ । 

आश्रमको बागलुङ शाखा भवनको झण्डै ५० प्रतिशत काम सकिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिए। स्रोत जुटाएर दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

रु १२ करोड ७५ लाखको लागत योजनासहित बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रम निर्माणको काम भइरहेको हो । अध्यक्ष खड्काका अनुसार आश्रमका लागि चालु आवमा गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, बागलुङ नगरपालिकाबाट रु चार लाख, बरेङ गाउँपालिकाबाट रु छ लाख, गलकोट नगरपालिकाबाट रु पाँच लाख र म्याग्दीको बेनी नगरपालिकाबाट रु चार लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले गत आवमा रु ५० लाख बजेट दिएको अध्यक्ष खड्काले जानकारी दिए।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरूको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियानकर्मी तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो । बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि दुई वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहनेछ । गोरखा र लमजुङ शाखाको भवन निर्माण पनि तीव्रगतिमा भइरहेको मानवसेवा आश्रमले जनाएको छ ।

आश्रमका अनुसार लमजुङ शाखा भवनको रु १५ करोड र गोरखाको शाखा भवनको रु तीन करोड लागत योजना रहेको जनाइएको छ । सहयोगापेक्षी सडक आश्रितमानवको उद्धार र जीवनरक्षामा आश्रम क्रियाशील छ । आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर, सडकआश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।

गण्डकीका चारसहित देशभरका ११ जिल्लामा आश्रमका भवन बनिरहेको आश्रमको केन्द्रीय कार्यालयले जनाएको छ । मानवसेवा आश्रमले अहिलेसम्म १९ जिल्लामा सेवा विस्तार गरिसकेको जनाइएको छ । कार्यालयका अनुसार हाल देशभरका आश्रमका शाखा र सेवा केन्द्रमा गरी एक हजार छ सय बढीले आश्रय लिइरहेका छन् ।

हालसम्म दुई हजार आठ सय बढीको पारिवारिक पुनःमिलन भएको र दुई हजार दुई सय बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएको जनाइएको छ । आश्रममै रहेका बेला आठ सय २६ जनाले मृत्युवरण गरेको र छ सय ३१ जनाको सामुदायिक पुनःस्थापना भएको छ । ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई ‘सडकआश्रित मानवरहित राष्ट्र’ बनाउने महाअभियानमा मानवसेवा आश्रम जुटेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : ५२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य