'बद्रीबहादुर'को ट्रेलर सार्वजनिक, दुईअर्थी संवादलाई विशेष स्थान | Khabarhub Khabarhub

‘बद्रीबहादुर’को ट्रेलर सार्वजनिक, दुईअर्थी संवादलाई विशेष स्थान


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बद्रीबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । सुन्धारामा बिहीबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

टेलरमा फिल्मका मुख्य पात्र जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, पूजा शर्मालगायतले स्थान पाएका छन् । फिल्ममा अतिथि भूमिकामा रहेका नायक धिरन शाक्यलाई पनि टेलरमा देख्न सकिन्छ । 

मुख्य भूमिकामा रहेका जयकिशन भने हिमाली क्षेत्रको पात्रको भूमिमा देखिने ट्रेलरबाट प्रष्ट हुन्छ । निर्माण पक्षले ‘धेरै हाँस्न नसक्नेले चलचित्र नहेर्नुहोला’ चेतावानीसहित पोस्टर सार्वजनिक गरिएको फिल्मको टेलरमा दुईअर्थी संवादले स्थान पाएका छन् । 

यसको बचाउ गर्दै निर्देशक शोभित बस्नेत भन्छन्, ‘ट्रेलर हेर्दा मात्र त्यस्तो लागेको हो । फिल्म पूरा हेर्दा दुईअर्थी संवादको महसुस नै हुँदैन ।’

एबी पिक्टर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मका लेखक रामकाजी घिमिरे हुन् । यस फिल्मका निर्माता मिथुन भोटे र कार्यकारी निर्माता रवि अधिकारी हुन् । 

फिल्म चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । विदेशमा भने फिल्म प्रदर्शन भइसकेको निर्माण पक्षले बताएको छ । 

हेर्नुहोस् टेलर :

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  २ : १७ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्