स्वास्थ्यका अधिकृतहरूको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश « Khabarhub

स्वास्थ्यका अधिकृतहरूको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । 

बिहीबार नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो । 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । 

तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरूले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए । सो विज्ञापन ऐन विपरित भएको भन्दै संघ अदालत गएको महासचिव डा.सञ्जीव तिवारीले बताए । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ५ : ०८ बजे

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी