गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ? | Khabarhub Khabarhub

गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ?


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण समय हो। यो अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती र घरपरिवार सचेत रहनुपर्छ। गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ। त्यसैले गर्भावस्थामा रक्तचापलाई नियन्त्रणमा राख्नु जरुरी छ। गर्भावस्थामा रक्तचापका कारण हुनसक्ने जोखिमलाई कम गर्न समय समयमा चिकित्सकको सल्लाह अनुसार आवश्यक जाँच गर्नुपर्छ। किन बढ्छ गर्भवतीमा रक्तचाप ? गर्भवतीमा उच्च रक्तचापका कारण आउन सक्ने जटिलता के के हुन् ? यसको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा महिला रोग विशेषज्ञ डा. सुनिता बज्राचार्यसँग गरिएको कुराकानी :

किन बढ्छ गर्भवतीमा रक्तचाप ?
गर्भवतीमा उच्च रक्तचाप बढ्नुका विभिन्न कारणमध्ये महिलाको उमेर एक महत्त्वपूर्ण कारण हुनसक्छ। उमेर कम या बढी हुँदा गर्भवतीमा उच्च रक्तचापको समस्या देखा पर्नसक्छ। तर सबै महिलामा रक्तचाप बढ्छ भन्ने होइन। कसैकसैलालई पहिलेदेखि नै उच्च रक्तचापको समस्या छ भने गर्भावस्थामा बढ्नसक्छ।

उमेर कम या बढी हुँदा गर्भवतीमा उच्च रक्तचापको समस्या देखा पर्नसक्छ। तर सबै महिलामा रक्तचाप बढ्छ भन्ने होइन। कसैकसैलालई पहिलेदेखि नै उच्च रक्तचापको समस्या छ भने गर्भावस्थामा बढ्नसक्छ।

गर्भवतीको उमेर १९ वर्ष भन्दा कम या ३५ वर्षभन्दा बढी भएको अवस्थामा उच्च रक्तचापको समस्या देखा पर्नसक्छ। त्यस्तै मोटोपना, वंशाणुगत कारण, रक्तनली तथा मिर्गौला सम्बन्धी रोग, साल राम्रोसँग नबन्नु जस्ता कारणले गर्भवतीमा उच्च रक्तचापको समस्या आउने गर्छ।

गर्भवतीमा उच्च रक्तचापका कारण आउन सक्ने जटिलता के के हुन् ?
गर्भवतीमा उच्च रक्तचाप हुनु ठुलो खतरा हो। कसैकसैलाई २० सातापछि नर्मल रुपमा बढ्नसक्छ त्यसले खासै असर गर्दैन। तर कसैलाई एक्कासी रक्तचाप बढ्छ। माथिको सामान्यतया ११० देखि १२० हुनुपर्नेमा १८० देखि २०० सम्म पनि पुग्नसक्छ। त्यस्तै तलको ७० देखि ८० हुनपर्नेमा ११० देखि १३० सम्म पुग्नसक्छ त्यस्तो अवस्थामा भने गर्भवती र बच्चाको ज्यानसमेत जानसक्ने जोखिम रहन्छ। यसले बच्चाको शरीरमा राम्रोसँग रक्त सञ्चालन हुन सक्दैन। यो खतरापूर्ण अवस्था हो।

आवश्यक मात्रामा रक्तसञ्चार हुन नसक्दा समयअनुसार बच्चाको तौल बढ्न सक्दैन, जसकारण बच्चा खेर जाने सम्भावना धेरै रहन्छ। अस्भाविक रुपमा रक्तचाप बढ्दै जाँदा समय नपुगी बच्चा निकाल्नुपर्ने हुनसक्छ। समय नपुगी बच्चा निकालेको अवस्थामा बच्चाको फोक्सोको राम्रोसँग विकास भएको हुँदैन। यसले धेरै कुरामा असर गर्छ।

गर्भवतीमा हुने उच्च रक्तचापको व्यवस्थापन कसरी गर्ने ?
यसरी नै व्यवस्थापन गर्छु भन्न सकिँदैन। कुनै बिरामी एक हप्ता अगाडि आउँदा नर्मल रक्तचाप छ भने एक हप्तापछि एक्कासी बढेको पनि हुनसक्छ। त्यसैले टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो देखिने जस्ता लक्षण देखिए भने तुरुन्तै जाँच गर्नुपर्ने हुन्छ। निन्द्रा नपुगेर होला या अरु नै केही भएको होला भनेर चुप लागेर बस्नु हुँदैन। नजिकैको स्वास्थ्य संस्थामा गएर रक्तचापको अवस्था के छ ? भनेर बुभ्mने, खानपानमा ध्यान दिने आफूमा जनचेतना बढाउनु जरुरी छ। यो फेरि बच्चा पेटमा भएको बेला मात्रै होइन। सुत्केरी भएको ६ हप्तासम्म यसको असर हुने भएकाले सुत्केरीपछि पनि राम्रो हेरचाह आवश्यक हुन्छ।

गर्भावस्थामा रक्तचाप बढ्दा उपचार कसरी गर्न सकिन्छ ?
उपचार अगाडि कुन अवस्थामा रक्तचाप बढेको हो भनेर थाहा हुनुपर्छ। पहिलो चरण अर्थात् १२ हप्ता अगाडि नै रक्तचाप बढेको छ या दोस्रो चरण १२ देखि २८ हप्तामा बढेको हो। त्यो अवस्था हेरेर मात्रै यसको उपचार गरिन्छ। रक्तचाप बढ्दा एक्कासी घटाउन पनि मिल्दैन।

उपचार अगाडि कुन अवस्थामा रक्तचाप बढेको हो भनेर थाहा हुनुपर्छ। पहिलो चरण अर्थात् १२ हप्ता अगाडि नै रक्तचाप बढेको छ या दोस्रो चरण १२ देखि २८ हप्तामा बढेको हो। त्यो अवस्था हेरेर मात्रै यसको उपचार गरिन्छ।

त्यसो गर्दा पेट भित्रको बच्चालाई असर गर्छ। हामी आफैले बिरामीको अवस्था हेरेर के कारणले प्रेसर बढेको हो भनेर थाहा पाउनुपर्छ। कसैलाई पहिलेदेखि नै रक्तचाप उच्च हुन्छ भने कसैलाई गर्भावस्थामा मात्रै बढ्ने हुन्छ। गर्भवती भएको अवस्थामा बढेको रक्तचाप घातक मानिन्छ। यो अवस्थामा जुनसुकै औषधीहरु खान मिल्दैन। त्यस्तै खानपानमा पनि ध्यान दिनुपर्छ। नुन चर्को नखाने, तनाव नलिने, प्रेसर बढाउने खालका खाना नखाने कुरामा ध्यान दिनुपर्छ।

तपाईं महिला रोग विशेषज्ञ भएको नाताले गर्भवती तथा उनीहरुको परिवारलाई के सुझाव दिनुहुन्छ ?
गर्भवतीलाई घरपरिवारको साथ महत्त्वपूर्ण हुन्छ। समय फेरिएको छ। पहिला गर्भवतीले कुनै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो। पहिलेको कुरा गरेर हुँदैन। पहिलेको कुरा गर्ने हो भने एक वर्षमा सुत्केरी अवस्थामा मृत्यु हुने आमाको संख्या धेरै नै थियो। अहिले त्यो आधा भन्दा धेरै घटेको छ। अहिले सेवा सुविधा सबै ठाउँमा छ। त्यसैले घरपरिवारले पनि गर्भवतीलाई सहयोग गर्नुपर्छ। गर्भवतीले पनि समयमै आवश्यक जाँचहरु गराउने र खानपानमा ध्यान दिएर बस्ने गर्नुपर्छ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ०८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने