पनौतीमा पशु खोप अभियान सञ्चालन « Khabarhub

पनौतीमा पशु खोप अभियान सञ्चालन


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।

पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए ।

पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोकथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।

बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो ।

गत वर्ष नगरले नगरका ९ हजार ९ पशुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिए ।

गत वर्ष पनौती नगरमा लम्पीस्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ ।

यसमध्ये जिल्लाको १३ स्थानीय तहमा ६ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ४० बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा