युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित « Khabarhub

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले युक्रेनका लागि अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

अमेरिकी तल्लो सदनमा भएको मतदानमा रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनलाई ६१ अर्ब डलर बराबरको रकम तथा सैन्य सहयोग प्रस्ताव पारित भएकाे हो ।

यस्तै, इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले ८ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने बीबीसीले जनाएको छ । यो प्रस्ताव माथिल्लो सदन  सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले बताउँदै आएको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

अमेरिकी सदनमा राहात प्याकेजबारे निर्णय भएपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले यो राहात प्याकेजले युद्ध बिस्तार हुन रोक्ने र धेरैको ज्यान जोगाउने दाबी गरेका छन् ।

उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रताको सधैँ विश्वव्यापी महत्त्व रहनेछ र जबसम्म अमेरिकाले यसलाई रक्षा गर्न मद्दत गर्छ तबसम्म त्यो असफल हुँदैन।’

यता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस प्याकेजले संयुक्त राज्य अमेरिकालाई अझ धनी बनाउने, युक्रेनलाई थप विनाश गर्ने र अझ धेरै युक्रेनीहरूको मृत्यु हुने प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : १४ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको