युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित « Khabarhub

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले युक्रेनका लागि अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

अमेरिकी तल्लो सदनमा भएको मतदानमा रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनलाई ६१ अर्ब डलर बराबरको रकम तथा सैन्य सहयोग प्रस्ताव पारित भएकाे हो ।

यस्तै, इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले ८ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने बीबीसीले जनाएको छ । यो प्रस्ताव माथिल्लो सदन  सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले बताउँदै आएको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

अमेरिकी सदनमा राहात प्याकेजबारे निर्णय भएपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले यो राहात प्याकेजले युद्ध बिस्तार हुन रोक्ने र धेरैको ज्यान जोगाउने दाबी गरेका छन् ।

उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रताको सधैँ विश्वव्यापी महत्त्व रहनेछ र जबसम्म अमेरिकाले यसलाई रक्षा गर्न मद्दत गर्छ तबसम्म त्यो असफल हुँदैन।’

यता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस प्याकेजले संयुक्त राज्य अमेरिकालाई अझ धनी बनाउने, युक्रेनलाई थप विनाश गर्ने र अझ धेरै युक्रेनीहरूको मृत्यु हुने प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : १४ बजे

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न